इटहरी । सुनसरीको इटहरीमा गए राति सुतली बम बिस्फोट भएको छ।
इटहरी-२ को नवजागृति टोलमा सुतली बम विस्फोट हुँदा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले दिएको जानकारी अनुसार इटहरी २ नवजागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा विस्फोट भएको हो।
श्रेष्ठको घरमा डेरा गरी बस्ने २२ वर्षीय २२ बर्षिया रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ बर्षिया शेरजंग गुरुङ घाइते भएका छन्।
गए राति करिब साढे १० विस्फोटक पदार्थ विस्फोट भएको हो।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा केही पर्चासमेत भेटिएकाले त्यस्को अध्ययन भइरहेको प्रहरीको भनाइ छ।
Facebook Comments Box