झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सोमबारदेखि नयाँ भवनमा सरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनी छेउमा बनेको नयाँ भवनमा झापाको ट्राफिक प्रहरी कार्यालयमा सरेको हो।
सोमबार प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरे।
बर्षौंदेखि साँघुरो भवनमा रहेको झापाको ट्राफिक प्रहरी कार्यालयले सोमबारदेखि सुविधायुक्त नयाँ भवन पाएको हो।
भवन उद्घाटन कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेदेखि ट्राफिक प्रहरीलाई विगतदेखि नै सहयोग गर्ने मानिसहरूलाई सम्मानसमेत गरिएको थियो।
Facebook Comments Box