झापा । झापाको मेचीनगर नगरपालिका-१० बाट लागुऔषध सहित आमा छोरा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही स्थानकी ४५ बर्षीया मैनी खातुन र छोरा २५ बर्षीय मेबुव आलम रहेका छन्।
मंगलबार बेलुका ८ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खातुनको घरमा चेक जाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा, डिजिटल तराजु १ थान नगद ९ हजार ५ सय साठी रुपैयाँ र बिभिन्न कम्पनीका मोवाइल फोन ९ थान बरामद गरेको हो ।
प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका आमा छोराको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box