झापा । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कस्थित एक होटलमा २२ वर्षीय युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।
बाग्लुङ घर भएका समीर आचार्य होटलभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
ती युवक अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा रहेको पाँचथर अन्नपूर्ण होटल एण्ड लजमा सोमवार साँझदेखि बसेको प्रहरीको भनाइ छ ।
मंगलबार साँझसम्म खान खानलाई नओर्लिएपछि होटलका स्टाफ बोलाउन माथि जाँदा ढोका बन्द भएको अवस्थामा पाइएको प्रहरीको भनाइ छ।
होटल सञ्चालकको भनाइ अनुसार ढोका खोल्दा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
Facebook Comments Box