मोरङ । मोरङको लेटाङमा लगाइएको कर्फ्यु अहिले बिहानदेखि खुकुलो हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा लगाएको कर्फ्यू केही खुकुलो बनाउने भएको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार घटनापछिको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकामा बुधबारबाट कर्फ्यू केही खुकुलो बनाइने भएको हो।
मंगलबार कर्फ्यूमा कुनै फेरबदल नभएको बताएका प्रजिअ दाहालले बुधबार बिहान १० बजेबाट बेलुका ५ बजेसम्म कर्फ्यू यथावत रहने जानकारी दिए।
त्यसैगरि बुधबार बेलुका ६ बजेबाट बिहीबार बिहान ६ बजेसम्म पनि कर्फ्यू यथावत रहने प्रजिअ दाहालले बताए।
लेटाङमा मंगलबार बसेको सर्वदलीय बैठकले कर्फ्यूलाई सहज बनाउनका लागि अनुरोध गरेको जनाउँदै प्रजिअ दाहालले अवस्था हेरिकन केही खुकुलो गरिएको उल्लेख गरे।
Facebook Comments Box