झापा। झापा बिर्तामोडका उद्योगी अर्जुन मैनाली नेपाल उद्योग संघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनु भएका छन्।
शनिबार चितवनमा सम्पन्न नेपाल उद्योग संघको दोस्रो अधिवेशनबाट मैनाली केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश १ को इञ्चार्जमा निर्वाचित भएका हुन्। मैनाली बिर्तामोड उधोग वाणिज्य संघका महासचिवसमेत हुन् ।
झापाको बिर्तामोडमा रहेर उद्योग व्यवसाय सञ्चालन गर्दै आएका मैनाली सामाजिक क्षेत्रमासमेत क्रियाशील छन्।
त्यस्तै, झापाबाट नेपाल उधोग संघको केन्द्रीय सदस्यमा पवन खेडिया, डिल्लीबहादुर थापा र विशाल विमली निर्वाचित भएका छन्।
Facebook Comments Box