झापा । होलीका दिन झापामा २ सय ३१ वटा सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
होलीमा जथाभावी सवारी साधन चलाएर दुर्घटना निम्तिने संभावना रहेकाले शुक्रबार बिहानैदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चेकजाँचलाई तीब्रता दिएको थियो।
जिल्लाभर सवारी नियम उल्लंघन गर्ने सवारीलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईंले जानकारी दिए।
दुई पांग्रे २ सय २५ वटा र ६ वटा अटोरिक्सालाई नियन्त्रणमा लिइएको उनले बताए।

Facebook Comments Box