झापा । जिल्ला प्रशासन कार्यालय झापाले होली खेल्दा कसैले जबरजस्ती गरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
बिहीबार सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले कसैको निजी जीवनमा असर पुग्ने व्यवहार गरे कानून बमोजिम सजाय गरिने चेतावनी दिएका हुन्।
इच्छाविपरित रंग दल्ने, लोला वा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, सार्वजनिक स्थलमा होहल्ला गर्नेजस्ता अवाञ्छित गतिविधि भए कानून बमोजिम कारबाही हुने चेतावनी प्रशासन कार्यालयले दिएको हो।
झापालगायत तराईका जिल्लामा शुक्रबार होली मनाइँदैछ।
जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको सूचनाः

Facebook Comments Box