झापा । झापाको कन्काई नगरपालिका-९ स्थित राजगड-लक्ष्मिपुर सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ३५ बर्षीय उमेश थापा रहेका छन् । हिजो राती ७ बजे मे.१च ५२५ नम्वरको एम्वुलेन्सले ठक्कर दिँदा घाइते भएका थापालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न एम्वुलेन्स र चालक अमरराज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box