झापा । झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडमा आइतबार दिउँसो आगलागी भएको छ।
बिर्तामोड–४ का रमानन्द साहको एकतले टिनले छाएको घरमा ग्यास लिक भएर आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बताए।
आगलागीबाट घरमा भएको सबै सामग्री जलेर नष्ट भएको छ। आगलागी भएको क्षतिको विवरण भने आउन बाँकी छ।
आगलागी नियन्त्रणमा बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका बारुणयन्त्र परिचालन गरिएको थियो। करिब एक घण्टामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
Facebook Comments Box