काठमाडौं । आज शेर्पा समुदायकाे पर्व, ग्याल्बो ल्हाेसार । सरकारले ग्याल्बो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाे छ ।
१६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हाे । सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन् ।
ग्लाल्बो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।
Facebook Comments Box