विर्तामोड । झापामा सवारी दुर्घटनामा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवागढी –५ निवासी ३४ वर्षीय सथिमान थाम्सुहाङ लिम्बू छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका अनुसार आइतबार राति करिब ११ बजे उनी सवार मे ६ प ६९१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ विर्तामाड नगरपालिका–६, नयाँ बसपार्क छेऊमा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाबाट गम्भीर घाइते बनेका उनको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख ढुण्डिराज गिरीले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
Facebook Comments Box