भद्रपुर । झापाको भद्रपुर ९ मा एउटा सवारी साधनमा अचानक आगलागी भएको छ।
मेची राजमार्गको चाराआली-केचना सडक खण्ड अन्तर्गत भद्रपुरमा गुडिरहेको गाडीमा अचानक आगलागी भएको हो।
पारिजात चोकमा सोमबार अपराह्न ४ बजे चारआलीदेखि चन्द्रगढी जाने क्रममा प्रदेश १-०१-००१ ज ३५५० नम्बरको सेतो रङ्गको म्याजिक भ्यानमा आगलागी भएको हो ।
आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको छ । गाडीमा तीन जना यात्रु सवार थिए । उनीहरू सकुशल छन्।
भ्यानको वाइरिङ सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।
Facebook Comments Box