काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर बमजस्तो शंकास्पद बस्तु फेला परेको छ।
भवनको १ नम्बर गेट अगाडि बीच सडकमा प्रेसर कुकरमा नो एमसीसी लेखेको शंकास्पद बस्तु फेला परेको हो।
शंकास्पद बस्तु भेटिएपछि अहिले सुरक्षाकर्मीले त्यहाँको बाटो बन्द गरेर अनुसन्धान गरिरहेको छ।
बुधवार संसदबाट एमसीसी पारित भएपछि आन्दोलनरत केही पार्टीले आज नेपाल बन्दको आह्वान गरेका छन्।
Facebook Comments Box