झापा । झापाको अर्जुनधारा नगरपालिका-९ स्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा-९ का ५८ बर्षीय राजेन्द्र थापा रहेका छन् ।
आइतबार राती साढे ६ बजे को.९ प १७६३ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका पैदल यात्री थापाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक इलाम रोङ-२ का अर्जुन तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box