बनेपा । काभ्रेको बनेपामा बमजस्तो शंकास्पद बस्तु फेला परेको छ।
बनेपास्थित अरनिको राजमार्ग पुलबजारमा शंकास्पद वस्तु फेला परेको हो। सोमबार बिहान उक्त वस्तु फेला परेसंगै स्थानीयबासी त्रसित बनेका छन्।
नेपाली सेनाको कालिजङ गणको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ। घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै सवारी आवागमन रोकिएको छ ।
Facebook Comments Box