झापा । झापाको मेचीनगर नगरपालिका-५ नकलबन्दाबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०३ वटा वीन्स स्पामो फोर्ट नामक लागूऔषधसहित पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय अभिषेक श्रेष्ठ र भारतमा घर बताउने २० वर्षीय अनमोल प्रधान छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी नकलबन्दाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा उक्त लागुऔषध फेला पारेको हो ।
पक्राउ परेका दुवै जनालाई बराम लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको जनाएको छ ।
Facebook Comments Box