सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका सिपाबडहरे जाँदै गरेको हेलम्बु यातायातको बा२ख ६५८८ नम्बरको बस इन्द्रावती गाँउपालिका–११ मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि १२ जना घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइते भएका तीन जनालाई धुलिखेल अस्पताल रेफर गरिएको छ ।
अन्य घाइतेको बोडगाउँ मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।
Facebook Comments Box