झापा । मोटरसाइकलको ठक्करबाट झापामा एक पैदल यात्रीको मृत्यु भएको छ।
झापाको मेचीनगर नगरपालिका–७ मा मङ्गलवार बेलुकी मोटरसाइकलको ठक्करबाट मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ
गम्भीर घाइते मगरको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मे १० प २२ ३२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका मगरलाई मंगलबार बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो ।
Facebook Comments Box