झापा । झापाकी पत्रकार माया पकुवालको निधन भएको छ।
उपचारका क्रममा उनको ओमसाई पाथिभरा अस्पतालमा सोमबार बिहान निधन भएको हो।
केही बर्ष अघि उनको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो।
केही दिनदेखि उनको सघन उपचार कक्षमा राखेर उपचार गरिँदै थियो।
उनी मेहनती, संघर्षशील, सिर्जनशील पत्रकारका रुपमा चिनिन्छिन्।
Facebook Comments Box