झापा । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले झापाका पत्रकारसंग ‘पोस्ट कोभिड’को अवस्थाका बारेमा छलफल गरेको छ।
आयोगको केन्द्रीय कार्यालयकी उपसचिव मञ्जु खतिवडाको नेतृत्वको टोलीले बिहीबार झापाको बिर्तामोडमा पत्रकारहरूसंग छलफल गरेको हो।
आयोगले कोभिड–१९ बाट संक्रमित पत्रकारसहित अन्य पत्रकारहरुसँग उनीहरुको अनुभव र अहिलेको अवस्थाका बारेमा जानकारी लिएको हो।
झापाका पत्रकारहरुको अवस्था वारे नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले जानकारी गराएका थिए। कोभिड संक्रमित पत्रकार गणेशमान मुखिया, सन्तोष न्यौपानेलगायतले कोभिडले पारेको प्रभाव र अहिलेको अवस्था वारे आयोगको टोलीलाई जानकारी गराएका थिए।
झापामा पहिलो र दोस्रो लहरमा ५१ जना पत्रकार र तेस्रो लहरमा १२ जना गरी ६३ जना पत्रकार संक्रमित तथा दुईजनाको मृत्यु भएको महासंघ झापा शाखाका उपाध्यक्ष भट्टराईले जानकारी गराए।
आयोगकी उपसचिव खतिवडाले आयोगले गरेका काम र प्रगति विवरणका बारेमा जानकारी दिएकी थिइन्।