झापा । बम जस्तो बस्तु राखेको आशंकामा झापाबाट केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
केही समय अघि झापामा दुईवटा स्थानमा शंकास्पद बस्तु राखेको आशंकामा उनीलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ।
झापाको बिर्तामोड र दमकमा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद बस्तु राखेको अभियोगमा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
तर प्रहरीले भने उनीहरूको नाम र संख्या खुलाएको छैन।
जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विभिन्न स्थानबाट ती व्यक्तिलाई नियन्त्रणमा लिएको एक प्रहरी अधिकारीले बताए।
प्रहरी स्रोतका अनुसार केही व्यक्ति अझै फरार रहेका छन्।
झापाको बिर्तामोडमा माघ ९ गते र दमकमा माघ १३ गते बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको थियो। ती स्थानमा हिमाल सुरक्षा परिषद्को नाममा एउटा पर्चा पनि भेटिएको थियो।
Facebook Comments Box