झापा । झापाको भद्रपुरबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भद्रपुर-६ का २४ वर्षीय मुगालाल माझी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आइतबार बिहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी निरीक्षक दलकुमार राईसहितकाे टोलीले नयाँ बस्तीमा माझीकाे घरमा खानतलासी गर्दा झोलामा लुकाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको हो ।
कटुवा पेस्तोलसहित पक्राउ परेका माझीलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box