झापा । विनासुनुवाइ भारतका विभिन्न कारागारमा ४० वर्षभन्दा बढी समय बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई पश्चिम बंगाल राज्य सरकारले उपलब्ध गराएको भारतीय पाँच लाख रुपैयाँ बराबरको चेक आइतबार हस्तान्तरण गरिएको छ।
भारतको कोलकाताको दमदम कारागारबाट दुर्गाप्रसाद छुटेका थिए।
झापाको काँकरभिट्टामा आयोजित कार्यक्रममा उनलाई कोलकातास्थित नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेलले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
उक्त रकमको चेक नेपाल एसबीआइ बैंकले क्लियरिङ गरिदिने भएको छ।
Facebook Comments Box