झापा । झापाको मेचीनगर–६ काँकडभिट्टामा आइतबार बिहान आगलागीबाट दुई घर जलेका छन् । आगलागीबाट भानु टोलका नारायण तिम्सिना र पासाङ तामाङको घर क्षणभरमै जलेर खरानी भएका हुन् ।
मेचीनगरको दमकल एक महिनादेखि बिग्रिएर ग्यारेजमा थन्किएको छ । विद्युत् सट भइ आगो लागेपछि स्थानीय र सुरक्षाकर्मी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।
पानी, बालुवा र स्याउला प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणपछि मात्रै बिर्तामोडको दमकल आएको थियो ।
मेचीनगरको दमकल बिग्रेर राखेको भन्दै स्थानीयबासी आन्दोलित भएका छन्। उनीहरूले राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।
Facebook Comments Box