झापा । ४० बर्ष भन्दा बढी समय बिना सुनुवाइ भारतका विभिन्न कारागारमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई पश्चिम बंगाल राज्य सरकारले उपलब्ध गराउने भनिएको भारतीय पाँच लाख रुपैयाँ आइतबार हस्तान्तरण गरिने भएको छ।
भारतको कोलकाताको दमदम कारागारबाट दुर्गाप्रसाद छुटेका थिए। उनलाई रकम हस्तान्तरणका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेल झापा आएका छन्।
आइतबार अपरान्ह काँकरभिट्टामा आयोजित एक कार्यक्रमकाबीच तिम्सिनालगायत उनका परिवारका सदस्यलाई रकम हस्तान्तरण गर्न लागिएको महावाणिज्य दूत पौडेलले जानकारी दिए।
Facebook Comments Box