झापा । पाँचथरको कुम्मायक गाँउपालिकाको केन्द्र यासोक बजारमा लागेको आगो नियन्त्रणमा आएको छ।
शनिवार साँझबाट भएको आगलागी नियन्त्रणमा आएको पाँचथरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।
पाँचथरका पत्रकार भीम बाँस्कोटाका अनुसार यासोक
बजारको बीचमा भएको झरेन्द्र खतिवडाको घरबाट आगलागी सुरु भएको थियो।
आगलागी नियन्त्रणका लागि स्थानीयबासी तथा सुरक्षाकर्मी जुटेकाले आगो फैलिन नपाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
यासोक बजार सदरमुकाम फिदिमबाट २६ किलोमिटर दुरीमा पर्छ।
Facebook Comments Box