भद्रपुर । “घर शान्ति नै बिश्व शान्तिको आधार र दिगो विकासको लागि लैङ्गिक हिंसा रहित समाज” भन्ने मुल नारा बोकेर यो बर्ष पनि १६ दिने लैङ्गिक हिंसा विरुद्ध अन्तराष्ट्रीय अभियानको शनिवार दोस्रो दिन झापामा अन्तरक्रिया कार्यक्रम गरि मनाईएको छ ।
परिवर्तनका लागि महिला नेपालको आयोजनामा र क्रियाशिल महिला पत्रकार समुहको संयोजनमा भएको उक्त कार्यक्रममा विभिन्न तह र तप्काका महिलाहरुले लैङ्गिक हिंसाका विषयमा आ आपनो विचार राखेका थिए ।
उक्त कार्यक्रममा बोल्दै एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीले जुन महिला रोजगारीमा छन् ति महिला प्राय हिंसामा परेको देखिदैन तर बेरोजगारी र अशिक्षीत महिला नै सधैँजसो हिंसामा पर्दै आएकोे बताइन् । महिलालाई शिक्षित बनाउने कुरा र आय आर्जन एवं रोजगारीमा लगाउने काममा राज्यले अब लगानि गर्नुपर्छ यसो भयो भने मात्र महिला माथि हुने हिंसा कम हुने उनको भनाई थियो ।
यसै गरि कार्यक्रममा बोल्दै पत्रकार अम्बीका भण्डारीले लैङ्गिक हिंसाको कुरा गर्दा हामीले महिला र पूरुषलाई एकै ठाउमा राखेर कार्यक्रम गनु आवश्यक रहेको बताइन् । जसले गर्दा पुरुषहरुलाई पनि आफुले के गर्दा हिंसा हुने रैछ त भन्ने बारेमा जानकार हुने बताइन् ।
क्रियाशिल महिला पत्रकार झापाकी अध्यक्ष माया पकुवालले महिलाको क्षमता महिलाले नै चिन्न सक्नु पर्ने र सँग सँगै पिडा पनि बुझ्न सक्नु पर्ने अनि मात्र हामी लैङ्गिक हिंसा विरुद्ध एक जुट भएर लाग्न सक्ने बताइन् ।
परिवर्तनका लागि महिलाकी अध्यक्ष राधा खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनले लैङ्गिक हिंसा न्युनिकरणको एक मात्र माध्यम आर्थिक रुपमा सबल र चेतनाको पहुँच हुन नसक्नु रहेको प्रष्ट पारिन् ।
क्रियाशिल महिला पत्रकारकी कोषाध्यक्ष गंगा बरालले सञ्चालन गरेकाे उक्त कार्यक्रम संस्थाकी अध्यक्ष माया पकुवालको सभापतित्वमा सम्पन्न भएको थियो ।