झापा । झापाका शिक्षण संस्थामा अब विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन गर्न सकिने भएको छ।
झापाको डिसिएमसीको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो।
झापा शिक्षण संस्थामा फागुन १ गतेदेखि विद्यार्थीको भाैतिक रूपमा नै सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी छविराज रिजालको आदेशमा उल्लेख छ।
स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयहरूमा भाैतिक रूपमा नै विद्यार्थी उपस्थित गराएर विद्यालय सञ्चालन गर्न सकिने बिहीबारको बैठकले निर्णय गरेकाे हाे।
१२ बर्षसम्मका विद्यार्थीहरूका लागि नियमित रूपमा र १२ बर्षभन्दा कम उमेरका विद्यार्थीहरूका लागि आलाेपालाे पद्धतिमा उपस्थित गराउने गरि विद्यालय सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख गरिएको छ।
Facebook Comments Box