झापा । प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
दुर्घटनास्थलमै ६ जना र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेले जानकारी दिए।
नौबहिनी गाउँपालिकाको लुङबाट दुलही लिएर गौमुखि गाउँपालिकाको लिवाङ जाँदै ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box