झापा । प्युठानमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बेहुली लिएर फर्किंदै गरेको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र बेहुलासहित ७ जना घाइते भएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।
दुर्घटना शनिवार बिहान ३ बजे भएको बताइएको छ। घटनाको थप जानकारी आउन बाँकी छ।
Facebook Comments Box