सुनसरी । सुनसरीको लौकही क्षेत्रमा पर्ने भोक्राहा नरसिंह ३ र ६ को सिमानामा रहेको पुलमा यात्रुवाहक बस र मालवहाक ट्रक एक-आपसमा जुध्दा ४ जनाको मृत्यु भएको छ ।
साँझ ७ बजेर ४० मिनेटमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक रात्री बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सञ्जयसिंह थापाले बताए ।
ट्रक र बस एक आपसमा जुध्दा आगो लागेको थियो। १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले बसका चालक ट्रकका चालक सहित ४ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
घटनाको पूर्ण विवरण आउन बाँकी छ।
Facebook Comments Box