झापा । झापाको बिर्तामोड नगरपालिका-४ ओमशान्ति टोलबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार साँझ ६ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड -४ ओमशान्ति टोलमा डेरा गरि बस्ने २१ बर्षीया हसिना मण्डल र बिर्तामोड-५ का १८ बर्षीय अर्वाज खानलाई प्रतिवन्धित लागुऔषध ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरेको हो ।
ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box