झापा । विपदका बेला आफ्नै नगरपालिकाको दमकल काम नलागेपछि झापाको काँकरभिट्टाको जुत्ता कारखानामा जारी आगलागी नियन्त्रणमा समस्या भएको छ।
झापाको मेचीनगरस्थित काँकडभिट्टाको एक जुत्ता कारखानामा भीषण आगलागी जारी छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो ।
जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए ।
आगलागी शुरु भएको झन्डै एक घण्टापछि मात्र बिर्तामोड र भद्रपुर नगरपालिकाका दमकल पुगेका थिए। तर, आगो नियन्त्रण बाहिर गइसकेको थियो। अहिले दमक नगरपालिकाको दमकल घटनास्थल पुग्न लागेको छ।
Facebook Comments Box