भद्रपुर । ‘घर शान्ति नै बिश्व शान्तिको आधार र दिगो विकासको लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने मुल नारा बोकेर यो बर्ष पनि १६ दिने लैङ्गिक हिंसा विरुद्ध अन्तराष्ट्रीय अभियान आज देखि शुरु हुदै छ ।
झापा जिल्लामा पनि १६ दिन सम्म विविध कार्यक्रम गरेर मनाइने भएको छ ।
जिल्लामा रहेका सरकारी कार्यालय र स्थानिय निकाय सँग मिलेर आज देखि विविध कार्यक्रम गरिने जिल्ला स्थित महिला तथा वालवालिका कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा यसै अभियानको निमित्त समेत लैङ्गिक हिंसा न्यूनिकरण संयोजन समिति गठन गरिएको छ ।
साधन स्रोत जुटेसम्म झापा जिल्लाभरि महिला हिंसा र यसका प्रकार सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिने झापा जिल्ला महिला तथा वालवालिका कार्यलय प्रमुख इन्दिरा ओझाले बताइन् ।
अभियान अन्र्तगत शुक्रबार विहान ११ बजे शान्ति र्यालि सम्पन्न भएको छ ।
जिल्ला स्थित सरकारी कार्यालय र स्थानिय संघसस्था सहितको र्यालि झापा सदरमुकाम चन्द्रगढी स्थित महिला तथा बालबालिकाको कार्यालय देखि लेखनाथ चोकसम्म पुगी समापन भएको थियो ।