झापा । बालुवामा गाडेको अवस्थामा झापाबाट ठूलो परिमाणको बिस्फोटक पदार्थ बरामद भएको छ।
सशस्त्र प्रहरीले बिस्फोटक पदार्थ फेला पारेको हो।
झापाको मेचीनगर नगरपालिका वार्ड नं ७ गैरीगाउँबाट इलेकट्रोनिक डेटोनेटर ८० थान र नेपोलाइट ९१ थान बरामद गरिएको सशस्त्र प्रहरी २ नम्बर गणका प्रहरी नायव उपरीक्षक प्रेम भण्डारीले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्रको टोलीले विशेष सूचनाको आधारमा नेपाल–भारतको सीमा पिलर ९०/१ र ९०/२ नम्बरको बीचमा मेची नदीको किनारमा बालुवामा गाडेको अवस्थामा बिस्फोटक पदार्थ फेला परेको भण्डारीले बताए।
Facebook Comments Box