झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगरसहित मेचीनगर-११ का २३ बर्षीय सेवन उराउ पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उराउलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो।
प्रतिवन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका उराउमाथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box