झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ।
झापाको मेचीनगर नगरपालिका वार्ड नम्बर १३ का ७१ वर्षीय खम्बासिंह कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सोमबार बिहान घरमै अन्न खान आएको हात्ती खेदाउने क्रममा हात्तीले कुल्चिँदा उनी गम्भीर घाइते भएका थिए।
घाइते कार्कीलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो। उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए।
Facebook Comments Box