झापा । चार दशक भन्दा लामो समय भारतका विभिन्न कारागारमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाकी आमा धनमायाको आइतबार बिहान निधन भएको छ।
दुर्गाप्रसाद ४० बर्ष भन्दा लामो समय बिनासुनुवाइ भारतका विभिन्न जेलमा बिताएर इलाम घर फर्केका थिए।
८७ बर्षको उमेरमा धनमायाको आइतबार बिहान साँढे ११ बजे निधन भएको उनका नाति गोपाल तिम्सिनाले बताए।
केही दिन अघिदेखि हात सुन्निने गरेका धनमाया तिम्सिनाको बिराटनगरमा रहेका उनका छोरा दुर्गाप्रसादलाई अन्तिम समयमा नभेटि उनको निधन भएको गोपालले बताए।
दुर्गाप्रसाद लामो समयदेखि उपचार तथा पुनर्स्थापनाका लागि बिराटनगरमा बस्दै आएका थिए।
धनमायाको स्वास्थ्यमा समस्या आएपछि शनिबार मात्र गोपाल दुर्गाप्रसादलाई लिन बिराटनगर गएका थिए।
आइतबार बिहान इलाम फर्किँदै गर्दा धनमायाको निधन भएको गोपालले जानकारी दिए।
Facebook Comments Box