झापा । झापा र उदयपुरमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि २ जना घाईते भएका छन् ।
शनिबार दिउँसो सवा १२ बजे झापा कन्काई नगरपालिका ७ कप्तानलुङमा आफ्नै घर अगाडी पार्किङ गरि राखेको मे १ त ७५४९ नम्बरको ट्याक्टर बालकृष्ण दुलालले आफैंले स्टार्ट गरी अगाडी बढाउने क्रममा ट्याक्टर मुनी खेलिरहेकी उनकै २ बर्षीया छोरी आरोषी दुलाललाई किचेर गम्भीर घाइते भएकी थिइन् ।
घाइते बालिकाकको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा दिउँसो पौने १ बजे मृत्यु भएको थियो । ट्याक्टर र चालक इलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा रहेको छ ।
शनिबार बेलुका ८ बजे उदयपुर त्रियुगा नगरपालिका १ रुपनीमा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टी दुर्घटना हुँदा सवार ३ जना घाइते भएका थिए ।
घाइतेमध्ये त्रियुगा नगरपालिका १ का १० बर्षीय नितेष चौधरी बेलुका पौने ९ बजे जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको थियो ।
घाइते मृतककै बुबा ४० बर्षीय सत्य नारायण चौधरी र उनकै अर्का छोरा १२ बर्षीय निमिष चौधरीको सोही अस्पतालमानै उपचार भइरहेको छ । उनीहरुको खेत जोतेर घर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।