झापा । मेचीनगर नगरपालिकाको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बुधवार साँझ ७ बजे मेचीनगर- ७ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत टोकला चिया बगानको गेट अगाडी पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडीले विपरीत दिसाबाट जाँदै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर- ७ बस्ने ३५ वर्षीय सन्तोष राजवंशी घाइते भएका थिए।
सोही गाडीले घाइते राजवंशीलाई उपचारका लागि बिर्तामोडको बिएण्डी अस्पताल पुर्याएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।
दुर्घटना गराउने मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी र सोही गाडीका चालक मेचीनगर ७ आयाबारी बस्ने ४८ वर्षीय राजकुमार प्रधान इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box