काठमाडौं । नेपालको जनगणना २०७८ प्रारम्भिक तथ्यांक अनुसार नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या झन्डै ७ लाख बढी पाइएको छ ।
तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको विवरण अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको छ भने, पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।
नेपालको कुल जनसंख्या भने २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
यसअघि २०६८ मा को गणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो। ।
Facebook Comments Box