धनकुटा । पत्नी हत्याको आरोपमा धनकुटा नगरपालिका-४ छारागाँउका ५५ बर्षीय सिताराम श्रेष्ठ पक्राउ गरेका छन्। पुस १६ गतेदेखि बेपत्ता उनकी पत्नीको शव उनकै घर भित्र जमिनमा पुरेको अवस्थामा प्रहरीले फेला पारेको थियो।
गत पौष १६ गते बेलुका ५ बजे देखि धनकुटा ४ कि ५५ बर्षीया सिता श्रेष्ठ बेपता भएको हुलिया निवेदन परेसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाले खोजतलास शुरु गरेको थियो।
खोजतलासकै क्रममा श्रीमान् समेत घरबाट हराएको पाएसंगै सुक्ष्म अनुसन्धान शुरु गरेको प्रहरी टोलीले सिताराम श्रेष्ठलाई काठमाण्डौबाट पक्राउ गरेको थियो।
श्रेष्ठ पक्राउ परेसंगै सोधपुछको क्रममा श्रीमतीलाई आफैंले हत्या गरि घर भित्र नै गाडेको भनी बयान दिएसंगै उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक सहितको टोलीले उत्खनन गर्दा सिता श्रेष्ठको शव घर भित्रै खाल्डो खनी गाडेको अवस्थामा फेला परेको हो।
श्रीमतीको हत्या गरी आफैंले खाल्डो खनेर घर भित्रै गाडेर फरार भएका श्रेष्ठलाई कर्तब्य ज्यान मुद्धामा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।