आज मंसिर ९ गते बिहीबार । उपत्यकाबाट प्रकाशित दैनिक पत्रपत्रिकाले संविधान संशोधनका विषयमा सरकार मोर्चाको छलफललाई प्रमुख प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।
नागरिक दैनिकः आजको नागरिक दैनिकले पाँच नम्बर प्रदेशबाट पाँच जिल्ला टुक्रयइँदै शीर्षकमा मुख्य समाचार प्रकाशन गरेको छ । ११ दिन देखि टिचिङ अस्पतालमा उनशनरत डा. गोविन्द केसीको अवस्था थप गम्भीर बन्दै गएको समाचारलाई पनि नागरिकले मुख्य समाचार बनाएको छ । त्यस्तै इम्जासँग अब केको डर शीर्षकको समाचार लाई नागरिक दैनिकले आफ्नो मुख्य पृष्ठमा स्थान दिएको छ । 
गोरखापत्रःगोरखापत्र दैनिकमा संशोधन दर्ता गराउन सरकार र मोर्चाबीच सहमति शीर्षकको समाचार मुख्यताका साथ प्रकाशन भएको छ भने मोर्चा र सत्ता साझेदार दलबीचको बैठकको तस्वीरलाई चार कोलमो स्थान दिएर मुख्यताका साथ प्रकाशन गरेको छ । त्यस्तै स्थानीय तहमा संक्रमणकालीन नीति बनेन , प्रत्यारोपण केन्द्रमा ओपन हार्ट सर्जरी र इम्पा हिमताल बिस्फोटको जोखिम हट्यो शीर्षकका समाचार पहिलो पृष्ठमा प्रकाशन भएका छन् । 
कान्तिपुरः आजको कान्तिपुर दैनिकले सरकार मोर्चा बैठक संशोधन अघि बढाउने टुंगो शीर्षकको समाचार मुख्य समाचारको रुपमा छापेको छ भने गोविन्द केसीको अनशनका विषयमा चिकित्सक संघले भन्याः ‘सरकार संवेदनहीन’ शीर्षकको समाचारले मुख्य समाचारको रुपमा स्थान पाएको छ । त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो उदेश्यसँग मेल नखाने प्राविधिक विषय सञ्चालन अनुमति दिएको समाचार उद्देश्य बौद्ध, सम्बन्धन इन्जिनियरिङ र व्यवस्थापन शीर्षकमा आजको कान्तिपुरमा प्रकाशित छ । 
अन्नपूर्ण पोस्टः आजको अन्नपूर्ण पोस्टले पञ्चेश्वर डीपीआरमा भारतीय मस्यौदा भन्दौ महाकालीको पानी कब्जा गर्ने प्रस्ताव र संशोधनबारे मोर्चा–सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले मेरो पदमा खतरा नपुगोस् भनेको भनाइलाई मुख्यताका साथ प्रकाशन गरेको छ । चित्रबहादुर केसी माइक्रोबाट लडेको प्रसंगको समाचार ‘धन्न बाँचियो शिर्षकमा पहिलो पृष्ठमा प्रकाशन गरेकोछ ।

नयाँ पत्रिकाः आजको नयाँ पत्रिकामा संविधान संशोधनमा कसको के तयारी र पूर्वउपप्रधानमन्त्री केसी माइक्रोबाट खसेर घाइते शीर्षकको समाचार प्रमुखताका साथ प्रकाशन गरिएको छ । त्यसतै नयाँ पत्रिकाले नै ३९ लाख सरकारी पैसा जुवामा हारेर गाविससचिव बेपत्ता भएको समाचार पहिलो पृष्ठमा छापिएको छ । त्यस्तै तालिम केन्द्रका प्रहरीले भत्ता पाउने शीर्षकको समाचार एक कोलममा छापिएको छ । 
राजधानीःआजको राजधानी दैनिकले एमालेविनै संविधान संशोधन विधेयक दर्ता शीर्षकको समाचार प्रकाशन गरेको छ । जर्नेलहरुलाई सेनापतिको निर्देशन सम्बन्धी समाचार राजधानी दैनिकले प्रमुखताका साथ प्रकाशन गरेको छ । त्यस्तै सुदूर र मध्य पहाडका गाउँ रित्तिँदै गरेको समाचार निमेन्द्र शाहीको बाइलाइनमा आजको राजधानी दैनिकले प्रकाशन गरेको छ । त्यस्तै मापदण्डविपरीतका १७ जिल्लाको प्रतिवेदन फिर्ता शीर्षकको समाचार आजको राजधानी दैनिकमा मुख्य पृष्ठमा छापिएको छ ।

