झापा । झापाको भद्रपुर नगरपालिका-४ बरगाछीमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ।
उक्त मोटरसाइकलको ठक्करबाट सोही स्थानका ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
तीन जना सवार मे १० प ४४१९ नम्बरको मोटरसाइकलले पैदल यात्री कार्कीलाई ठक्कर दिएको थियो।
कार्कीको उपचारको क्रममा ओम साई पाथीभरा हस्पिटलमा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box