![]()
नेपाली कामदारको लागि प्रमुख गन्तव्य मानिएको साउदी अरबको रोजगारीमा संकट बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल्य तल्लोस्तरमा रहेपछि अर्थतन्त्रमा जटिलता बढ्न थालेका छन्। साउदीका कम्पनीहरु धराशायी हुने क्रम बढ्न थालेपछि काम तथा तलब नपाउने नेपाली कामदारको संख्या ह्वात्तै बढेको खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
साउदीको राजधानी रियादस्थित नेपाली दूतावासले ५० भन्दा बढी कम्पनीमा कार्यरत कम्तीमा एक हजार नेपाली काम र तलब नपाएर अलपत्र परेको जनाएको छ ।
दूतावासले साउदीको पछिल्लो अवस्थाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिदैं नयाँ कामदार पठाउँदा सतर्कता अपनाउन ध्यान दिन अनुरोध गरेको छ ।
दूतावासले सम्बन्धित कम्पनीलाई तलव दिएर स्वदेश पठाइदिन आग्रह गरे पनि सुनुवाइ भएको छैन । कम्पनीले साउदी सरकारबाटै परियोजनाको रकम भुक्तानी नगर्दा कामदारलाई तलव दिन नसकेको भन्दै पन्छिन थालेका छन् ।