काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ।
आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो।
बैठकले राजनीतिक भेलालगायतका भिडभाडजन्य गतिविधि नगर्न पनि आह्वान गरेको छ।
कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गरेर यो निर्णय भएको सरकारको भनाइ छ ।गर्नै परेको खण्डमा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्न बैठकले अनुरोध गरेको छ ।
Facebook Comments Box