काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको वर्ण विन्यससम्बन्धी गरेको पछिल्लो निर्णयलाई कसरी विद्यालय तथा विद्यार्थीससमक्ष पुर्याउने भन्नेबारे शिक्षा मन्त्रालयका अधिकारीहरु नै अन्योलमा देखिएका छन् ।

प्रतिष्ठानले वर्ण विन्यासमा व्यञ्जनको खुट्टा काटी गरिएका सबै प्रयोगलाई सच्याउँदै संयुक्त व्यञ्जन नै लेख्ने निर्णय गरेको भए पनि त्यसलाई विद्यालयका विद्यार्थीसमक्ष कसरी पु¥याउने भन्नेबारे सरकारी अधिकारीले ठोस धारणा बनाउन नसकेका आजको गोरखापत्र दैनिकमा समाचार छ ।
भाषाको वर्णविन्याससमबन्धी लामो विवादलाई प्रतिष्ठानले बिहीबार नै किनारा लगाई पुरानै प्रणाली अनुसार जाने निर्णय गरेको थियो । यसका साथै त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यपकले पनि यस विषयमा नीतिगत निर्णय गरेका थिए ।
शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले यसबारे कुनै अवधारणा बनाएको छैन ।
मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ वर्णविन्यसको पछिल्लो निर्णयलाई जिवद्यालयमा कसरी पुर्याउने भन्नेबारे टोस अवधारणा नै बनाउन बाँकी रहको बताउँछन् ।