झापा । झापाको झापा गाउँपालिका-४ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरले किचेर चालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो २ बजे मे.१ त ४७०९ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भइ खेतमा पल्टेर दुर्घटना हुँदा चालक झापा गाउँपालिका-४ का २२ बर्षिय सुनिल हेमरमलाई ट्रयाक्टरको इन्जिनले किच्दा उनको घटनास्थममै मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाएको र घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहको छ ।
Facebook Comments Box