झापा । झापाको कमल गाउँपालिका-५ स्थित पूर्वपश्चिम राजमार्गमा बस र मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ।
ती दुई सवारी साधन एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको र पछाडि सवार एक जना घाइते भएका छन्। मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका-१० का २२ बर्षिय अभिषेक यादव रहेका छन्।
बुधबार बेलुकी पौने पाँच बजे पूर्वतर्फ आउँदै गरेको को.१ ख नम्वरको बसले बिपरित दिशाबाट आउदै गरको प्र.१-०२-०४८ प ३०८९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्कर लागि घाइते भएका यादव र सोही स्थानका २५ बर्षिय रामकुमार खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार हुँदा हुँदै यादवको मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका-२ का सोमबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिइ अनुसन्धन गरिरहेको छ।
Facebook Comments Box